+
+

कराँते खेलाडी अञ्जली सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १७:५०

२८ पुस, काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराँते खेलाडी अञ्जली महर्जनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिवृद्धि गरेको भन्दै प्रतिष्ठानले अञ्जलीलाई सम्मान गरेको हो ।

अञ्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराँते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, भारतमा भएको मुम्बई अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एकल, टिम काता र कुमुतेमा स्वर्ण जितेकी थिइन् ।

स्व. कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा संस्था स्थापना गरी विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?