+
+

दाङ दुर्घटनामा साहित्यकार ताराकान्त पाण्डेयको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १२:०१

काठमाडौं । शनिबार दाङको भालुवाङमा भएको सवारी दुर्घटनामा साहित्यकार तथा समालोचक प्रा. डा. ताराकान्त पाण्डेयको निधन भएको छ । २०१७  साल असोज ८ गते रुपन्देहीमा जन्मेका उनी २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय थिए ।

उनका कलासाहित्यः भूमिका र मूल्यांकन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यंग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुध्द (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचनाप्रधान कृतिहरु प्रकाशित थिए ।

पाण्डेय आलोचना, कलम जस्ता साहित्यिक पत्रिका समेत सम्पादक थिए । प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?