+
+

च्याट जिपिटीका सीईओ साम अल्टम्यानले सुरु गरे वैवाहिक जीवन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते ६:५०

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानले बिहे गरेका छन् । उनले सीमित पाहुनाहरुको उपस्थितिमा आफ्नो केटा साथी ओलिभर मुहेरिनसँग बिहे गरेका हुन् ।

उनको बिहेको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ । यद्यपि कतिपय मानिसहरुले यी तस्वीरहरु एआईबाट तयार पारिएको हुनसक्ने आशंका गरेका छन् । तथापि अल्टम्यान आफैंले आफ्नो बिहे भएको पुष्टि गरेका छन् ।

एनबिसी न्यूजका अनुसार उनले टेक्स्ट गरेर आफू बिहे बन्धनमा बाँधिएको बताएका छन् ।

अल्टम्यानसँग बिहे गरेका ओलिभरले पनि आफ्नो बिहेको पुष्टि गर्दै इन्स्टाग्राममा बिहेको तस्वीर राख्दै लेखेका छन्, ‘मैले आफ्नो बेस्टफ्रेण्ड तथा आफ्नो प्रियतमसँग बिहे गरें ।’

उनको उक्त पोस्टको स्क्रिनशट एनबिसीले प्रकाशित गरेको छ । तर उनको इन्स्टाग्राम अकाउन्ट प्राइभेट रहेको हुँदा अरुले हेर्न नसक्ने अवस्था छ ।

एकजना एक्स प्रयोगकर्ता @heyBarsee ले पनि अल्टम्यान र ओलिभरको तस्वीर पोस्ट गरेका छन् ।

च्याट जिपिटीका सीईओ साम अल्टम्यान चर्चित नाम भए पनि उनका पार्टनर ओलिभर मुहेरिनको नाम भने धेरै मानिसका लागि नयाँ हो । किनकि अल्टम्यानले आफ्नो प्रेम सम्बन्धका बारेमा खासै बताएका थिएनन् ।

यद्यपि गतवर्ष सेप्टेम्बरमा न्युयोर्क म्यागेजिनलाई दिएको अन्तरवार्तामा अल्टम्यानले आफू र ओलिभरले छिटै नै बच्चा जन्माउने योजनामा रहेको खुलासा गरेका थिए ।त्यतिबेला अल्टम्यानको नाम खासै चर्चामा नरहेकोले धेरैले ध्यान दिएनन् ।

ओलिभरको मुहेरिनको लिंक्डइन प्रोफाइलका अनुसार उनी अष्ट्रेलियन सफ्टवेयर इन्जिनियर हुन् । उनले सन् २०२० को अगष्टदेखि २०२२ को नोभेम्बरसम्म मेटा कम्पनीमा पनि काम गरेका थिए ।

स्मरण रहोस् ३८ वर्षीय अल्टम्यानले गत वर्ष आफू समलिंगी रहेको खुलासा गरेका थिए । उनले आफ्ना समलिंगी पार्टनर ओलिभरसँग सनफ्रान्सिस्कोस्थित कुनै गोप्य तटीय क्षेत्रमा एक साधारण समारोहमा बिहे गरेका हुन् ।

अल्टम्यानलाई टाइम म्यागेजिनले सन् २०२३ को सर्वोत्कृष्ट सीईओको उपाधि दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?