+
+

ओपन एआईले ल्यायो जिपिटी स्टोर, एउटै स्टोरमा उपलब्ध हुनेछन् लाखौं च्याटबोट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १२:४२

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो अनलाइन स्टोरको सुरुआत गरेको छ ।

उक्त अनलाइन स्टोरमा प्रयोगकर्ताहरुले आफ्नो च्याट जिपिटीको कस्टमाइज्ड संस्करण समेत शेयर गर्न पाउनेछन् ।

ओपन एआइको अनलाइन स्टोर गत वर्ष नै लञ्च हुनेवाला थियो । तर, कम्पनीका सीईओको स्तरमै भएको हलचलका कारण अनलाइन स्टोरको सुरुआत गर्ने मिति धकेलिएको थियो ।

तथापि ओपन एआईको अनलाइन स्टोर केवल च्याट जिपिटीका सशुल्क संस्करणका प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउनेछन् । च्याट जिपिटीको सशुल्क संस्करणमा विभिन्न अत्याधुनिक फिचर्स उपलब्ध हुन्छन् जुन नि:शुल्क संस्करणमा पाइँदैन । च्याट जिपिटीको सशुल्क संस्करणमा प्रयोगकर्ताले गणितका प्रश्न पनि हल गर्न सक्दछन् । यसका अलावा यो संस्करणले रंगीन ककटेल रेसिपी पनि बताउन सक्दछ ।

ओपन एआइको अनलाइन स्टोरको नाम जिपिटी स्टोर राखिएको छ । यो स्टोरमा प्रयोगकर्ताले आफ्ना कुनै पनि च्याटबटलाई सार्वजनिक रुपमा शेयर गर्न सक्दछन् । यसको अर्थ ओपन एआईले एउटा यस्तो स्टोर तयार गरेको छ जहाँ तपाईंले आफ्ना च्याटबट प्रकाशित गरेर पैसा कमाउन सक्नुहुन्छ । यो धेरै हदसम्म एप्पलको एप स्टोर तथा गुगलको प्लेस्टोर जस्तै हो ।

यसका अलावा जिपिटी स्टोरमा प्रयोगकर्ताले विभिन्न प्रकारका च्याटबोट देख्न सक्दछन् र त्यहाँबाट डाउनलोड पनि गर्न सक्दछन् । ओपन एआईका अनुसार अहिलेसम्म करिब ३ अर्बवटा कस्टमाइज्ड च्याटबोट तयार भैसकेका छन् । यद्यपि जिपिटी स्टोरमा हाल कतिवटा च्याटबोट छन् भन्ने बारेमा भने कुनै जानकारी दिइएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?