+
+

ललितपुरमा भेटिए अनौठो चोर : खाली घरमा पस्ने, लुगा फेरेर निस्कने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १८:००

३ माघ, काठमाडौं । चोरी मुद्दामा पटक पटक सजाय भोगिसकेका एक युवक ललितपुरमा पुनः चोरीको अभियोगमै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई सानेपा, झम्सीखेल र भनिमण्डल क्षेत्रका चारवटा घरमा चोरी गरेको अभियोगमा पक्राउ गरेको हो ।

दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेतलाई प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराबाट पक्राउ गरेको हो ।

उनले पछिल्लो पटक झम्सिखेलको ठाकुरराज ढकालको घरबाट २७ तोला सुनचाँदीको गहनासहित अन्दाजी ३७ लाख १६ हजार रुपैयाँको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै झम्सीखेलकै सुप्रिया राईको कोठाबाट सुनका गहनासहित २४ लाख ७६ हजारको सामान चोरेको प्रहरीको भनाइ छ ।

सानेपामै विदेशी जर्मन नागरिक डेनियल फक्सको डेरा र भनिमण्डलमा नर्वेजियन नागरिक बस्ने घरमा पनि चोरी गरेको प्रहरीको भनाइ छ ।

चारवटै घटनामा उसले आफ्नो संलग्नता स्वीकार गरिसकेको छ’ एसएसपी शेखर खनालले भने ।

बस्नेत यसअघि ९ पटक चोरी मुद्दामा र ३ पटक अभद्र व्यवहार मुद्दामा कारबाही भोगिसकेको व्यक्ति हुन् । उनीविरुद्ध ललितपुरमा ४, दोलखामा ३, काठमाडौं र काभ्रेमा २/२ र भक्तपुरमा एउटा मुद्दा चलेको थियो ।

बस्नेतले चोरी गर्न धेरैजसो विदेशी बस्ने घरलाई लक्षित गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

त्यस्तै मान्छे नबस्ने, बाहिरबाट ताला लगाएको, रातीमा बत्ती नबलेको घर खोजेर चोरी गर्न प्रवेश गर्ने गरेको पाइएको छ । ‘एक्लै प्रवेश गरेर चोर्ने, चोर्दाखेरि त्यस्तो घर टार्गेट गर्ने जसले गर्दा कुनै अवरोध नहोस्’, एसएसपीले खनालले भने, ‘भित्र प्रवेश गर्दा एउटा लुगा लगाउने र फर्किँदा अर्कै लुगा लगाउने गरेको पाइएको छ, मान्छेले नचिनोस् भनेर ।’

सानेपामा चोरी गर्दा भक्तपुरबाट पहिले काठमाडौं आएको, त्यहाँबाट लतिपुर गएर चोरी गरेको । चोरी गर्ने क्रममा साइकलसमेत चोरेको र त्यसमै चढेर त्रिपुरेश्वरसम्म आएको र साइकल छाडेर राइड सेयर चढेर भक्तपुर पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?