७ असोज, काठमाडौं । काठमाडौं प्रहरीले चोरीका चार थान स्कुटर र एक थान मोटरसाइकलसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने १९ वर्षीय तेन्जिङ तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीसँगै बा ३५ प ३३९२, बा ८५ प १९२५ डी, प्रदेश ३०२०१३ प २५९९ नम्बरको स्कुटर र बा ९१ प ३८३३ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले भनेको छ ।
उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4