३१ भदौ, काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको हो ।
उनीबाट १३८ ग्रााम बराबरका सुनका गरगहना बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4