+
+
Shares

चोरीका गहनासहित ६ जना पक्राउ

उनीहरुले १४ साउनको बिहान साढे ७ बजेतिर बनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाटर गरगहना चोरी गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट गरगहना चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरी गर्ने चार जना र चोरीको गहना बेचबिखन गर्ने रवि महर्जन छन्।
  • प्रहरी वृत्त बालाजुले पक्राउ परेकाविरुद्ध ३ दिनको म्याद थप गरी चोरी भएका गरगहना बरामद गरेको छ।

४ भदौ, काठमाडौं । चोरीका गरगहनासहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरी गर्नेहरु सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ, काठमाडौंका ३६ वर्षीय रवीन मर्जहन र चोरीको गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन छन् ।

उनीहरुले १४ साउनको बिहान साढे ७ बजेतिर बनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाटर गरगहना चोरी गरेको आरोप छ । उनीहरुलाई प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो । उनीहरु विरुद्ध ३ दिनको म्याद थप भएको छ ।

उनीहरुबाट चोरी भएका गरगहना पनि बरामद भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?