News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंको मौकामा काठमाडौंको कलंकीमा चोरी गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहारका विकास पोदार, राजु पोदार, राजेन्द्र कुमार र विणा देवीलाई पक्राउ गरेको हो ।
- उनीहरूले ४ कात्तिक र ६ कात्तिकमा कलंकीका दुई घरबाट नगद र सुनचाँदीका गरगहना चोरी गरेको प्रहरीले बताएको छ ।
९ कात्तिक, काठमाडौं । दशैंको मौकामा चोरी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारका २५ वर्षीय विकास पोदार, बिहारकै १९ वर्षीय राजु पोदार, सोही ठाउँका २३ वर्षीय राजेन्द्र कुमार र सोही ठाउँका विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले कलंकीस्थित किसन सिंह बस्नेतको घरमा भाडामा बस्ने उर्मिला भनिने सीता थपलियाको कोठाबाट र कलंकीकै रंजित कोलोनीस्थित निरन्जन नेपालको घरबाट नगद र सुनचाँदीका गरगहना चोरी गरेृको प्रहरीले बताएको छ ।
उनीहरूले ४ कात्तिक र ६ कात्तिकमा उक्त घरबाट ठूलो मात्रामा धनमाल चोरी गरेको प्रहरीले बताएको छ । उनीहरूबाट प्रहरीले चोरी भएका ठूलो मात्रामा सुनचाँदीका गरगहनाहरू बरामद गरेको छ ।
प्रतिक्रिया 4