+
+

बलिदानी सहकारीका अध्यक्षलाई थुनामै राख्न उच्च अदालतको आदेश

३ जना थुनामा, ३ जना धरौटीमा रिहा, ९ जना अझै फरार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १८:४८

४ माघ, पोखरा । पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ ।

वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गत २५ कात्तिकमा पक्राउ परेका श्रेष्ठ र थापालाई ३ मंसिरमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध श्रेष्ठ र थापाले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । बिहीबार उच्च अदालतका न्यायाधीश राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

बलिदानी सहकारीमार्फत १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोपमा १५ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमध्ये अध्यक्ष श्रेष्ठ, लेखा समिति सदस्य थापासँगै उपाध्यक्ष राजन लम्साल पनि पुर्पक्षका लागि थुनामा छन् भने ३ जना धरौटीमा रिहा भएका छन् ।

कोषाध्यक्ष सुवर्णमान नकर्मीलाई डेढ लाख रुपैयाँ र सदस्य डिल्लीराम सिग्देल तथा लालबहादुर घर्ती १÷१ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यो प्रकरणमा अझै ९ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?