+
+

जलवायु परिवर्तनको भयानक असर : ७५ वर्षभित्र १५ हजार अमेरिकी सहर रित्तो बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १०:२२

अमेरिकाका हजारौं सहरहरु सन् २१०० सम्ममा रित्तो भूतबंगलामा परिणत हुनेछन् । हालैको एक अध्ययन अनुसार जलवायु परिवर्तन तथा घट्दो जनसंख्याका कारण यो सताब्दीको अन्त्यसम्ममा हजारौं अमेरिकी सहरहरु रित्तिनेछन् ।

अहिले निकै सुन्दर तथा घना जनसंख्या रहेका सहरहरु समेत त्यसबेला सम्म खाली हुनेछन् र त्यहाँ केवल खाली खण्डहर भवन, सडक, बिजुलीका पोल मात्र रहनेछन् तर बसोबास गर्ने मानिस बाँकी रहनेछैनन् ।

उक्त शोध अनुसार सन् २१०० सम्ममा अमेरिकाका ३० हजार सहरमध्ये आधाजसो खाली हुनेछन् । ती सहरको जनसंख्यामा आगामी दिनमा १२ देखि २३ प्रतिशतको निनरन्तर गिरावट देखिनेछ । यद्यपि त्यहाँ नयाँ जन्म नभएर सहर रित्तिने भने होइनन् । त्यहाँका मानिसहरु राम्रो मौसम तथा सुखसुविधा, पर्यावरणजन्य सुरक्षा, खानपिन तथा रोजगारी भएका सहरहरुमा बसाइँ सर्नेछन् ।

जसका कारणले गर्दा राम्रो पर्यावरण भएका सहरहरुमा तिव्र गतिमा जनसंख्या बढ्नेछ र त्यसका आसपासमा समेत नयाँ सहरहरु बसाउनु पर्नेछ । शोधकर्ताका अनुसार यदि सहरबाट मानिसहरुलाई बाहिर जान रोक्नेहो भने स्थानीय प्रशासन तथा नगर योजना निर्माताहरुले नवप्रवर्तनशील योजनाहरु बनाउनुपर्नेछ ।

जलवायु परिवर्तनबाट उत्पादन र अर्थतन्त्रमा असर

शोधकर्ताहरुका अनुसार जलवायु परिवर्तनका लागि तीव्र रुपमा मौसम बदलिइरहेको छ र यसका कारण भविष्यमा विभिन्न खालका भयानक तथा आकस्मिक प्राकृतिक विपद्हरु आउनेछन् ।

ती विपदहरुका कारण खाद्यान्न उत्पादन तथा पैदावारका साथै अन्य रोजगारहरुमा पनि असर पर्नेछ । सबैभन्दा ठूलो समस्या चाहिं यातायात क्षेत्रमा पर्नेछ । किनकि केही ठाउँहरुमा निकै धेरै गर्मी हुनेछ भने कहीँ भयानक हिमपात । कैयन् तटीय सहरहरु सामुद्रिक आँधीबेहेरीसिर्जित बाँढीबाट डुब्नेछन् । यसबाट पिउन लायक पानीको अभाव पनिन ठूलो समस्या बन्नेछ । जब मौसममा यस्तो बदलाव आउनेछ तब बिजुलीको आपूर्तिमा पनि अवरोध आउनेछ ।

अनि त्यस्तो अवस्थामा को मानिस ती सहरमा बस्ला रु त्यसैले मानिसहरु आसपासका सम्पन्न सहरहरुमा बसाइँ सर्नेछन् । यसको फलस्वरुप मौसमको मार झेलिरहेका सहरमा खाना तथा पानीको समस्या बढ्नेछ । यसलाई वैज्ञानिक भाषामा Food Desert भनिन्छ । यस्तै अवस्था सन् २०२१ मा मिसिसिपीको ज्याक्सन इलाकामा देखिएको थियो ।

यस्तो छ २० वर्षदेखिको ट्रेण्ड

अमेरिकाको शिकागोस्थित युनिभर्सिटी अफ इलिनोयका इन्जिनियरिङका विद्यार्थीहरु उत्तर सुत्रधार, लरिन स्पियरिङ र सिबिल डेरिबलले उक्त शोध गरेका हुन् ।

शोधकर्ताहरुले इलिनोयका बासिन्दाहरु समेत सन् २१०० सम्ममा अन्यत्रै सर्ने प्रक्षेपण गरेका छन् ।

उनीहरुले आफ्नो शोधका क्रममा अमेरिकाका ५० वटै राज्यको पछिल्लो २० वर्षको जनसंख्याको ट्रेण्डको अध्ययन तथा विश्लेषण गरेका थिए । तत् पश्चात् ती डेटालाई दुई समूहमा विभाजन गरियो । जसलाई भविष्यका सम्भावित जलवायु सम्बन्धी अवस्थासँग आबद्ध गरेर हेरियो। त्यसबाट के पत्ता लाग्यो भने जलवायु परिवर्तनका कारण आगामी ७५ वर्षमा अमेरिकाका कैयन् सहर खाली हुनेछन् । यो अवस्था केवल साना सहरमा मात्र नभई ठूला ठूला सहरमा पनि देखिनेछ ।

४३ प्रतिशत सहरले गुमाइसकेका छन् आफ्ना मान्छे

विभिन्न तथ्यांक अनुसार ४३ प्रतिशत अमेरिकी सहरहरुले आफ्ना स्वबासीहरु गुमाइरहेका छन् । जब जब यो सताब्दीको अन्त्यतिर हामी पुग्नेछौं तब जलवायु परिवर्तनका कारण यस्तो संख्या ६४ प्रतिशत पुग्नेछ ।

सबैभन्दा खराब अवस्था चाहिं अमेरिकाको उत्तरपूर्व तथा मध्यपश्चिमका इलाकाहरुमा हुनेछ ।

टेक्सास तथा उटा जस्ता राज्यहरु अहिले त विकशित भैरहेका छन् तर सन् २१०० सम्ममा त्यहाँको हालत पनि निकै खराब हुनेछ।

हाल अमेरिकामा यस्ता कैयन् सहरहरु छन् जहाँ मौसमी बदलावका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिररहेका छन् ।

अत्यधिक गर्मी, अत्यधिक हिमपात तथा लगातार आइरहने बाढी यसको प्रमुख कारणको रुपमा रहेको छ ।

जलवायु परिवर्तनका कारण केवल कुनै सहरहरु खाली हुनेमात्र होइन अन्य सहरहरुको संस्कृति नै परिवर्तन हुनेछ ।

विकासको योजना बदल्नुपर्नेछ । किनकि मानिसहरु ठूलो परिमाणमा विस्थापित हुनेछन् ।

अमेरिकी सहरहरुमा मात्र होइन विश्वका १९५ मध्ये १८३ देशहरुमा यस्तै अवस्था आउन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?