+
+

सिद्धार्थ बैंकका नाफा सामान्य घट्यो, निष्क्रिय कर्जामा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १२:३०
Photo Credit : Siddhartha Bank/Facebook

७ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सामान्य घटेको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा १ अर्ब १६ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा १.१० प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमिसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा सामान्य घट्दा पनि बैंकको नाफामा घटेको छ । बैंकको सञ्चालन खर्चमा वृद्धि हुँदा नाफा प्रभावित भएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब १ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१४ प्रतिशतले बढेर ४ अर्ब १० करोड ३९ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी ६१ करोड २८ लाखबाट ६५ करोड ७३ लाख पुगेको छ ।

आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब १९ करोड २५ लाख रुपैयाँबाट सामान्य घटेर १ अर्ब १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च १ अर्ब ४१ करोड ८४ लाखबाट बढेर १ अर्ब ४६ करोड ५५ लाख पुगेको छ । यस्तै अन्य सञ्चालन खर्च ५८ करोड ३२ लाखबाट बढेर ६२ करोड ३५ लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो ।

पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड ७६ लाख रुपैयाँबाट १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।

नाफा घटेको बैंकले ५४ करोडढ रुपैयाँ ब्याज उठाउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ३७ करोड ५० लाख घाटामा रहेको बैंकको गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित नाफासहित ३० करोड ४५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

चालु आर्थिक वर्षमा बैंकको निक्षेप घटेको छ भने कर्जामा सुधार भएको छ । असार मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा घटेर २ खर्ब २१ अर्ब ७ करोड ८३ लाख पुगेको छ । यस्तै बैंकको कर्जा १ खर्ब ८४ अर्ब ९६ लाख रुपैयाँबाट १ खर्ब ९० अर्ब ९१ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

नाफा घटेसँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसाबाट घटेर १६ रुपैयाँ १८ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ७८ पैसा र मूल्य आम्दनी अनुपात १५.४५ गुणा रहेको छ ।

यस्तै बैंकको पूँजीकोष ३३ प्रतिशतबाट ११.६८ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.८७ प्रतिशतबाट २. ५६ प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८१.७७ प्रतिशत, आधार दर ९.२८ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?