+
+

सिद्धार्थ बैंकको महिला स्वास्थ्य लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १४:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस-२०२४ को अवसरमा महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ ।

यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहम भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरबाट यस कार्डबारे जानकारी लिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?