+
+

कटन क्याण्डीमा अखाद्य रंग, नखान सरकारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १०:४४

८ माघ, काठमाडौं । मेला महोत्सव वा बजारमा घुम्न गएको बेला कटन क्याण्डी खाने अथवा खुवाउने गर्नु भएको छ ? यदि छ भने त्यो काम बन्द गर्नुस् । किनकि कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगीन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ । विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानिकार रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो ।

त्यसैले विभागले सूचना जारी गरी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ ।

अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगगरी/नगराउन पनि विभागले भनेको छ । यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

रोडामाइन बी एक केमिकल हो ।  खाद्य पदार्थको रंग परिवर्तन गर्न, कपडा रंग्याउन, सौन्दर्यका प्रशाधन, आतसबाजी, कालो मरिच  मसला लगायतमा पनि यसको प्रयोग हुने गरेको छ ।

यसको सेवनले कलेजो र मिर्गौलाको क्यान्सरको जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?