+
+

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रको समस्या प्याकेजमै सम्बोधन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १६:२२

८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू समाधन गर्न प्याकेज नै ल्याउने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने बताए ।

‘नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सीटीईभीटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ,’ उनले भने,‘त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।’

स्वास्थ्य क्षेत्र र नर्सिङ क्षेत्रका समस्याबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौं, त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔं,’ उनले भने ।

ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने भन्दै उनले ऐनले खोलेको बाटोको आधारमा सक्दो सम्बोधन असहले गर्न तत्परता हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन । अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौं,’ उनले भने ।

बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?