+
+

लगानी भित्र्याउन थप कानुन आवश्यक भए अध्यादेश ल्याउनेछौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १०:४५

२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीति निर्माणमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताए । ‘निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको सङ्कल्पको स्वागत गर्छु, समृद्धिका लागि सरकार दृढ छ’ उनले भने ‘मुलुकमा निजी क्षेत्र र सरकारी लगानीको खाँचो छ, लगानी भित्र्याउन स्रोत, सोच, कार्यशैलीमा समेत समस्या छन्, आवश्यक परेमा अध्यादेश ल्याउनेछौं ।’

अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक बन्दै गए पनि अर्थतन्त्रमा केही समस्या रहेको उनले स्वीकार गरे । ‘यसपटक नीति तथा कार्यक्रममा जनप्रतिनिधि, निजी क्षेत्र र आम जनताका सुझाव समेटिने छन्’ दाहालले भने ‘त्यसका आधारमा बजेट बन्ने छ, परम्परागत सोच र कार्यशैलीबाट जनताका अपेक्षा पूरा गर्न गाह्रो छ, यसपटक यो समस्या समाधानमा लाग्नेछु ।’

यो पटक पूँजीगततर्फ स्रोत बढाइने उनले बताए । पूँजीगत खर्च बढ्दा अर्थतन्त्र सुधारमा सहयोग गर्ने र त्यसले निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?