+
+

विश्वका ठूला सेयर बजारमा भारत उक्लियो चौथो स्थान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १४:३१

एजेन्सी । विश्वका ठूला सेयर बजारमा भारत चौथो स्थानमा उक्लिएको छ ।  स्टक मार्केटमा सूचीकृत भएका सम्पूर्ण धितोपत्रको कुल मूल्यका आधारमा भारत चौथो ठूलो मुलुक भएको हो । भारतको बजारले हककङको बजारलाई पछि पारेको ब्लुमबर्गको एक रिपोर्टले जनाएको छ ।

सोमबार बजार बन्द हुँदा भारतको स्टक मार्केटमा सूचीकृत धितोपत्रको कुल पूँजीकरण रकम ४.३३ ट्रिलियन डलर (४३ खर्ब ३० अर्ब डलर) पुगेको ब्लुमबर्ग रिपोर्टले जनाएको छ । सो रिपोर्टअनुसार सोमबार हङकङको स्टक मार्केट आकार ४.२९ ट्रिलियन (४२ खर्ब ९० अर्ब डलर) बराबर छ ।

अमेरिकी स्टक मार्केटको पूँजीकरण सबैभन्दा उच्च ५०.८६ ट्रिलियन डलर (५ सय खर्ब डलर) रहेको छ ।  त्यस्तै विश्वमा चीनको दोस्रो ठूलो स्टक मार्केट  पूँजीकरण ८.४४ ट्रिलियन डलर (८४ खर्ब ४० अर्ब डलर) बराबर छ । तेस्रो ठूलो स्टक मार्केट जापानको हो । जापानी मार्केटको  पूँजीकरण ६.३६ ट्रिलियन डलर (६३ खर्ब ६० अर्ब डलर) बराबरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?