+
+

नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते ८:००

२३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौं अधिवेशनले केजिन राईको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा राजकुमार थापा, बासु सत्याल ,दिलनिशानी मगर र द्रोण रिजाल छन् । त्यस्तै महासचिवमा शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश गौतम(साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ छन् ।

सदस्यहरुमा भोला लामिछाने(स्पेन), वाइबी गुरुङ(डेनमार्क), कमल पराजुली(स्पेन), किशोर सुब्बा(पोर्चुगल), सन्जु काउछा( फिनल्यान्ड),दिपक भण्डारी(पोर्चुगल), बिनोद अधिकारी(क्रोएसिया), दिपक खतिवडा(पोर्चुगल), जसमान दर्नाल(जर्मनी), प्रकाश बगाले(माल्टा), पुस्तक रेग्मी(पोर्चुगल) छन् ।

त्यस्तै लाक्पा तेन्जी शेर्पा(रोमानिया), धनराज विक(माल्टा), जनक बराल(बेल्जियम), नवराज दवाडी(पोर्चुगल), सेन्छेलुङ पतङ्वा(जर्मनी), बलराम राइ( पोर्चुगल) कमल पन्थी( हंगेरी) पनि सदस्य चुनिएका छन् ।

सदस्यमै माधव पोखरेल( इटाली), घनश्याम गौतम(स्पेन), सुबास चाम्लिङ(बेल्जियम), तुलसा घिमिरे(पोर्चुगल), सर्मिला गुरुङ ठकुरी(पोर्चुगल),अमृता राई (रोमानिया), मनि तमु चुनिएका छन् ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको महासंघबीच एकता भएमा संस्था बलियो हुने र जस्तोसुकै अप्ठ्यारोमा पनि लड्न सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?