+
+

एसिड पीडितको कथावस्तुमा फिल्म ‘नमेटिने घाउ’ निर्देशन गर्दै रमित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १६:५६

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुमा अभिनेता रमित ढुंगानाले फिल्म ‘नमेटिने घाउ’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । मंगलबार सामाजिक सञ्जालबाट उनले सोसल-ड्रामा फिल्मको घोषणा गरे ।

यसअघि उनले एसिड पीडित किशोरी मुस्कान खातुनको बायोपिक ‘मुस्कान’ बनाउने तयारी गरेका थिए । तर त्यसलाई स्थगित गरेर अन्य एसिड पीडितलाई पनि समेटेर फिल्म बनाउन लागेको उनले जनाए ।

‘मुस्कान खातुनको मात्र बनाउने भन्ने थिएँ । पछि बुझेदै जाँदा मिडियामा नआएका पीडितलाई पनि भेटें । सबैलाई भेटेपछि सबैको राखेर कथामा फिल्म बनाउने निर्णय गरेको हुँ,’ उनले भने ।

माघ १४ गते मुहुर्त गरेर २५ गतेदेखि छायांकन गर्ने तयारी छ । एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा छायांकन हुने भएको छ ।

‘यो सबै भिक्टिमहरुको बायोपिक हो,’ रमितले भने, ‘आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ ।’ गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।

पटकथा लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । फिल्ममा सुरवीर पण्डित, रचना गौतम, रामचन्द्र अधिकारी, सिम्रन खड्का र प्रभात ठकुरीको अभिनय हुनेछ ।

यो फिल्म रमितको डेब्यु निर्देशकीय फिल्म समेत हुनेछ भने निर्माणको रुपमा तेस्रो प्रोजेक्ट । यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’ फिल्मको निर्माण गरेका थिए । यो फिल्मबाट पृथ्वीनारायण शाहको बायोपिक फिल्म बनाउने र यसमा रमित आफैंले पृथ्वीनारायणको भूमिका निर्वाह गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?