+
+

नेपालविरुद्ध पाकिस्तान : हेड टु हेड र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १७:५४
दक्षिण अफ्रिकामा भइरहेको यू-१९ विश्वकपमा सहभागी नेपाली खेलाडी ।

९ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको आफ्नो दोस्रो खेल भोलि बुधबार पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ पराजित भएको नेपाललाई सुपर सिक्समा स्थान बलियो बनाउन पाकिस्तानलाई हराउनु पर्ने हुन्छ । पाकिस्तानसँग हारेको खण्डमा अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानलाई हराएर मात्रै पुग्ने छैन । अन्य टोली र नतिजामा पनि भर पर्नुपर्छ ।

नेपाल र पाकिस्तानबीच यू–१९ विश्वकपमा तीन पटक भेट भएको छ । जसमा १–१ खेलमा दुबै टोली विजयी भएका छन् । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

त्यस्तै यू–१९ एसिया कपमा तीन भेट हुँदा सबैमा नेपाल पराजित भएको थियो ।

समग्रमा पाकिस्तानसँग यू–१९ क्रिकेटमा ६ भेट हुँदा नेपाल १ खेलमा विजयी, ४ खेलमा पराजित र १ खेलको नतिजा विहीन छ । हालसम्म नेपाल र पाकिस्तानबीचको नतिजा र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु यस प्रकार छन् ।

यू–१९ विश्वकपमा हालसम्मका नतिजाहरु

१. २०१६ : नेपाल १२२ रनले पराजित

पाकिस्ताान ५० ओभरमा २५८–८ । हसन मोहसिन ११७ रन । सन्दीप लामिछाने ३, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २–२ विकेट ।
नेपाल ४३.५ ओभरमा १३६ रनमा अल आउट । प्रेम तामाङको ६५ रन ।

२. २००२ : नेपाल ३० रनले विजयी

नेपाल १५१ रनमा अल आउट । मध्यक्रमका ब्याटर बरदान चालिसे सर्वाधिक ४२ रन ।
पाकिस्तान १२१ रनमा अल आउट । दुई स्पिनर शक्ति गौचन र सन्जम रेग्मी ३–३ विकेट ।

२००० : वर्षाको कारण टस पनि हुन नसकी रद्ध

यू–१९ एसिया कपमा हालसम्मका नतिजाहरु

२०२३ : नेपाल ७ विकेटले पराजित

नेपाल १५२ रनमा अल आउट । उत्तम थापा मगर ५१ र दीपेश कँडेल ३१ रन ।
पाकिस्तानका मोहम्मद जिशान ६ र अमिर हसन २ विकेट ।
पाकिस्तान २६.२ ओभरमा ३ विकेटको क्षतिमा विजयी । पाकिस्तानका आजन आविस ५६ र साद बेग ५० ।
गुलशन झा २ र आकाश त्रिपाठी १ विकेट ।

२०१३ : नेपाल १३२ रनले पराजित

पाकिस्तान ३११–६ । सामी अस्लाम १०८ र हसन राजाले १०० ।
नेपाल १७९–७ । सुनिल धमला ३९ र अमित श्रेष्ठ ६० रन ।

२०१२ : नेपाल ८ विकेटले पराजित

नेपाल १५६ रनमा अल आउट ।
नरेन बुढाएर ३४, पृथु बास्कोटा २८ र राजेश पुलामी २३ रन ।
पाकिस्तान ३७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा ।
बाबर आजम ४८ र सामी अस्लाम ८२ रन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?