+
+

दुर्लभ विश्व कीर्तिमानबारे दीपेन्द्र भन्छन्- त्यो दिन मलाई ब्याटिङमा जान मनै थिएन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १७:४२

११ माघ काठमाडौं ।  नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले मंगोलियाविरुद्ध ९ बलमै बनाएको कहिल्यै नतोडिने विश्व कीर्तिमान बनाएको दिन आफूलाई ब्याटिङमा जानै मन नभएको बताएका छन् ।

दीपेन्द्रले गत सेप्टेम्बरमा चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । त्यो विश्व क्रिकेट इतिहासकै सर्वाधिक छिटो थियो ।

विश्व कीर्तिमान बनाएको ५ महिनापछि उनले त्यो दिन आफूलाई ब्याटिङमा जान मन नभएको बताए ।

‘त्यो दिन मलाई ब्याटिङमा जान मन थिएन । अरु खेलिरहेका थिए, अरुको पालो थियो,’ ग्रेस इन्टरनेशनल ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि पत्रकारसित उनले भने, ‘तर सरले (मोन्टी देशाइ) मलाई पठाएर म गएँ ।’

दीपेन्द्र ब्याटिङमा जाँदा १२ बल बाँकी थियो । उनले सुरुवातमा नै छक्का हाने । ‘त्यो दिन तीन छक्का हानेपछि बल्ल मलाई छिटो हानेर कीर्तिमान बनाउँ भन्ने अनुभव भएको थियो’, दीपेन्द्रले त्यो दिन सम्झँदै भने ।

आफ्नो विश्व कीर्तिमान बन्नुमा अर्को एन्डबाट कुशल मल्लले पनि राम्रो साथ दिएको उनी बताउँछन् । ‘कुशल मल्लले पनि साथ थियो । म नन स्ट्राइकमा थिएँ । उसले एक रन लिएर ल दाइ हान भनेर मलाई स्ट्राइक दियो । अनि विश्व कीर्तिमान बन्यो’, दीपेन्द्रले भने ।

त्यो खेलमा रोहित पौडेल १९ औं ओभरको पहिलो बलमा क्याच आउट भएपछि दीपेन्द्र ब्याटिङ गएका थिए । उनले मुनगुन आल्तंखुयागलाई दोस्रोदेखि अन्तिमसम्म लगातार पाँच छक्का हानेका थिए । अन्तिम ओभरको दोस्रो बलमा उनले छक्का हानेका थिए । नेपाली क्रिकेटमा लगातार ६ छक्का हाने पहिलो खेलाडी बनेका थिए ।

तेस्रो बलमा उनको क्याच ड्रप भएपछि बाँकी दुई बलमा लगातार छक्का हान्दै अर्धशतक पूरा गरेका थिए ।

कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा नट आउट थिए । कुशलले टी-२० आई इतिहास कै सर्वाधिक छिटो ३४ बलमा शतक पूरा गरेका थिए ।

नेपाली क्रिकेटका थ्री डी प्लेयर दीपेन्द्र समर्थक सामु टाइगर उपनामले चर्चित छन् । यो नाम पूर्व कप्तान पारस खड्काले राखेको दीपेन्द्र बताउँछन् । ‘समर्थकले टाइगर नाम भनेर सुन्दा राम्रो लाग्छ । मेरो सुरुमा टाइगर उपनाम पारस दाइले राख्दिनु भएको हो’, दीपेन्द्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?