+
+

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १२:२०

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।

८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका हुन् ।

आउट हुनुअघि उनले ५४ रन बनाए । उनले ५ चौका र ३ छक्का हानेका थिए । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ७७ रन छ ।

यसअघि करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?