+
+

इसेवा १६औं वर्षमा प्रवेश, के-के छन् नयाँ योजना ?

१५ दिने १५ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १९:२७

काठमाडौं । इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि १५ दिने १५ अफर सार्वजनिक गरेको छ ।

इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूलाई विशेष धन्यवाद दिंदै नयाँ अफर सार्वजनिक गरेको जनाएको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जनमा रिलिज भएको इसेवाले २५ जनवरी २०१० देखि आफ्नो सेवा सुरु गरेको थियो ।

नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न इसेवाले महत्वपूर्ण योगदान पुर्‍याएको कम्पनीको भनाइ छ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले आगामी दिनमा इसेवाको मोबाइल एप्सलाई सुपर एप्सको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।

१५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेका छन् ।

यस्ता छन् अफर

इसेवाले वार्षिकोत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ ।

यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहने कम्पनीको भनाइ छ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् ।

यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु. १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् ।

यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ ।

यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू. १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू. ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् ।

इसेवाको अबको यात्रा

इसेवाका चिफ स्ट्र्याट्रेजी अफिसर रवि शाक्यले प्रयोगकर्तामा केन्द्रीत नवीनता (युजर फोकस्ड इन्नोभेशन), सेवा विविधीकरण (सर्भिस डाइभर्सीफिकेसन) र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच (फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस) नै इसेवाको सेवाका ३ प्रमुख स्तम्भहरू रहेको बताए । आगामी दिनमा यी ३ स्तम्भलाई नै ध्यानमा राखेर आफ्नो सेवालाई विस्तार तथा थप सुदृढ बनाउँदै लैजाने योजना रहेको उनको भनाइ छ ।

बैंक तथा अन्य वित्तीय सेवाहरूको पहुँचभन्दा टाढा रहेका स्थान तथा मानिसहरूमा वित्तीय कारोबारका लागि सजिलो डिजिटल उपायको रूपमा इसेवाको सेवा विस्तार गर्दै लैजाने कुरामा पनि उनको जोड थियो । दुर्गम स्थानहरूमा डिजिटल साक्षरता (लिटरेसी) का लागि ध्यान केन्द्रीत गर्दै इसेवा अघि बढ्ने उनले बताए ।

त्यस्तै, अन्तरदेशीय भुक्तानीमा पनि इसेवाको सेवा विस्तार हुने उनको भनाइ छ । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले आगामी दिनमा इसेवाले स्थानीय भाषाको प्रयोग मार्फत स्थानीयकरण तथा पर्सनालाइजेशनमा समेत ध्यान केन्द्रीत गर्ने बताए ।

नेपाली भाषामा पनि इसेवा एप चलाउन मिल्ने सुविधा छिट्टै सबै सर्वसाधारणले पाउन सक्नेबारे उनले जानकारी दिए । आफ्नै बोलीचालीको भाषामा इसेवा चलाउन पाएपछि इसेवाका ग्राहकहरूलाई थप सजिलो हुने उनको भनाइ छ ।

प्रयोगकर्तालाई थप सहजता साथ आफ्नो जिज्ञासा राख्नका लागि इसेवाले इसेवा असिस्टेन्ट नामक एआई प्रोग्राम छिट्टै नै लिएर आउने उनले बताए ।

मेसिन लर्निङमार्फत् यस प्रोग्रामले सबै प्रयोगकर्ताका लागि सजिलै जिज्ञासाको समाधान बताइदिने र समयसँगै थप प्रभावकारी हुँदै जाने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?