+
+

नेपाली समाज टेक्सासको प्रवक्तामा पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते २०:५७

अमेरिका। ‘नेपाली समाज टेक्सास’ले संस्थाको प्रवक्तामा निवर्तमान उपाध्यक्ष किरण पौड्याललाई मनोनित गरेको छ । संस्थालाई थप व्यवस्थित गर्न र सहज रुपमा सूचना प्रवाह गर्न निर्वाचित कार्यसमितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार नेपाली समाज टेक्सासले स्थापनाको २५ वर्षको इतिहासमा पहिलो पटक ‘प्रवक्ता’ पाएको हो ।

सोही बैठकबाट ग्लोबल नेपाली पाठशालाको प्रिन्सिपलमा डा. भोजबहादुर बलायरलाई मनोनित गरिएको संस्थाले जनाएको छ । मनोनित गरिएका सबै जनालाई अध्यक्ष वाग्लेले पद तथा गोपनियताको पद सपथ गराएका थिए ।

संस्थाले नेपाली समुदायको बृहत सहभागितामा समुदायमा गर्नुपर्ने कामको सन्दर्भमा सुझाव संकलन कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष वाग्लेले बताए ।

प्रवक्ता नियुक्त भएसँगै आफूलाई थप जिम्मेवारी बोध भएको पौड्यालले बताए । ‘निवर्तमान उपाध्यक्ष भैरहदा ‘प्रवक्ता’ बनेर नयाँ ऊर्जाको साथ फेरी समाजमा काम गर्न आएको छु । आवश्यकता अनुसार नेतृत्व दिने र समाजसेवकको रुपमा सँधै आफूलाई प्रस्तुत गरिरहने छु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?