+
+

माघ १६ गते कांग्रेसका केन्द्रीय नेता आ–आफ्नो वडामा पुग्नैपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते ११:३२

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले यही माघ १६ गते शहीद दिवसका अवसरमा हुने वडा तहको कार्यक्रममा सबै केन्द्रीय नेता आ–आफ्नो वडामा पुग्नुपर्ने अनिवार्य गरेको छ ।

शहीद दिवसका दिनमा कांग्रेसले देशभरका सबै वडामा एकसाथ कार्यक्रम गर्दैछ । माघ १६ बाट ‘समुदायमा कांग्रेस’ अभियान औपचारिक रुपमा सुरु गर्दा ६ हजार ७४३ वटै वडा कार्यक्रम गर्न लागिएको छ ।

केन्द्रीय तहका सबै नेता आफ्नो क्रियाशील सदस्यता रहेको वडामा पुग्नुपर्ने महामन्त्री गगन थापाले बताए । ‘संवाद यात्राको विचमा म मेरो वडाको कार्यक्रम आउँछु । अरु नेताहरु पनि आफ्नो वडामा हुने कार्यक्रममा सहभागी हुनुहुन्छ,’ महामन्त्री थापाले भने ।

अभियानका क्रममा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित वा अन्य कुनै न कुनै वडाले तय गरेको सामाजिक अभियान कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

शहीद दिवसको अवसरमा हुने कार्यक्रममा शहीद परिवार, द्वन्द्व पीडित परिवार र प्रजातन्त्र सेनानी लगायतलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।

समुदायमा अभियान कांग्रेसका लागि शनिबारदेखि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

लयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?