+
+

अफगानिस्तानविरुद्ध आकाशको कीर्तिमानी बलिङ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १७:३३

१२ माघ, काठमाडौं । नेपालका तीव्र गतिका बलर आकाश चन्दले आईसीसी यू–१९ विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन् ।

उनी यू–१९ विश्वकपमा टेस्ट टोलीविरुद्ध पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

त्यस्तै उनी नेपालबाट यू-१९ विश्वकपमा पाँच विकेट लिने पहिलो तीव्र गतिका बलर पनि बनेका छन् ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानलाई १४५ रनमा अल आउट आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए ।

टेस्ट टोलीविरुद्ध यो नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो ।

आकाश अघि यू-१९ विश्वकपमा टेस्ट टोलीविरुद्ध नेपालबाट उत्कृष्ट प्रदर्शन मञ्जित श्रेष्ठको नाममा थियो । मञ्जितले २००४ को यू-१९ विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध १० ओभरमा ४ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिएका थिए ।

२०१६ मा सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध पनि पाँच विकेट लिएका थिए । तर त्यो समय आयरल्यान्ड एसोसिएट टोलीको रुपमै थियो ।

आकाश नेपालबाट यू-१९ विश्वकपमा पाँच विकेट लिने चौथो बलर बनेका छन् ।

यू-१९ विश्वकपमा नेपालबाट आकाश अघि पाँच विकेट लिने तीन खेलाडी र उनीहरुको प्रदर्शन :

राहुल विश्वकर्मा

सन् २०१२ मा अष्ट्रेलियामा भएको यू-१९ विश्वकपमा नेपालका स्पिनर राहुल विश्वकर्माले एक अद्भूत बलिङ गरेका थिए । उनले ब्रिसबेनमा पपुवा न्युगिनीविरुद्ध ६.२ ओभरमा ४ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिएका थिए । त्यो नै नेपाली बलरको यू-१९ विश्वकपमा एकै खेलमा उच्च प्रदर्शन हो ।

भुवन कार्की

२०१२ मा नेपालका स्पिनर भुवन कार्कीले नामिबियाविरुद्ध पाँच विकेट लिएका थिए ।

उनले ब्रिसबेनमै नामिबियाविरुद्ध ७.३ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

सन्दीप लामिछाने

२०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकपमा नेपालका स्पिनर सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए ।

उक्त विश्वकपमा उनले १० ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?