+
+

एक्सन फिल्म ‘पिताम्बर’मा आँचल र अनुपविक्रम अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १२:५१

काठमाडौं । कृषा चौलागाईंको आगामी एक्सन-ड्रामा फिल्म ‘पिताम्बर’मा आँचल शर्मा र अनुपविक्रम शाही पनि अनुबन्धित भएका छन् । शनिबार निर्माता कम्पनी केपी फिल्म्ससँग यी दुई एक्टरले सहमति गरेका छन् ।

यसअघि सुरक्षा पन्त र प्रदीप खड्का फिल्मसँग जोडिइसकेका छन् । निर्देशक तथा निर्मात्री चौलागाईंले अनलाइनखबरसँग पछिल्ला दुई कलाकारको संलग्नताबारे पुष्टि गरिन् ।

धमाधम ए–लिस्टर कलाकार फिल्मसँग जोडिएको देख्दा लाइनअप रोचक हुने अनुमान गर्न सकिन्छ । यसअघि ‘ऐंचोपैंचो’ निर्देशन गरेकी चौलागाईंको यो दोस्रो निर्देशकीय फिचर हुनेछ ।

फिल्मलाई तीन सिजनको चरणमा खिचिनेछ । माघ, वैशाख र असार-साउनको महिनामा छायांकन गर्ने तयारी छ । चौलागाईंले भारतमा समेत छायांकन हुनसक्ने जानकारी दिइन् । ‘मेरा लागि यो ड्रीम प्रोजेक्ट हुनेछ’ फिल्मबारे कृषाले भनिन् ।

आँचलको कुरा गर्दा उनले गत साता रामबाबु गुरुङको ‘डिग्री माइला’को छायांकन सकेकी छन् । यसपछि ‘एक मुट्ठी बादल’, राजमहल र वर एण्ड वधु लाइनअपमा छन् । अनुपविक्रम चाहिं नयाँ एक्सन फिल्म ‘म्याउँ’को तयारीमा छन् । चाँडै रोडिजको सिजन ६ मा पनि उनी ग्याङ लिडरको भूमिकामा देखिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?