+
+

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते २०:५८

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ।

सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो सेटमा पराजित गर्यो । न्यू डायमण्डले धादिङलाई‌ २५-९,२५-११, २५-११ हराएको थियो ।

एपीएफले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हरायो । एपीएफ १७-२५,२५-११,२५-२३र २५-२१ ले विजयी भएको थियो । आर्मीले एन्जल्स हार्टलाई ३-० को सोझो सेटमा हरायो । आर्मीले २५-१९, २५-८,२५-१४ पराजित गर्यो । जावलाखेलले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । जावलाखेल २५-२०, २५-१०, २५-१० ले विजयी भएको थियो ।

लिगमा एपीएफ ४ खेलमा अपराजित रहँदै १२ अंकका साथ शीर्षस्थानमाछ । न्यू डायमण्ड ४ खेलमा अपराजित रहँदै ११ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ४ खेलमा २ मा जित र २ मा हारसहित ७ अंकका साथ तेस्रो स्थानमा छ । पुलिस ४ खेलमा ६ अंकका साथ चौथो स्थानमाछ ।

लिगमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका यू डायमण्ड टिम, जावलाखेल भलिबल ट्रेनिङ क्लब, बागमती प्रदेश, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट छन् । शीर्ष ६ टोली अर्को राउण्डमा जानेछन् । दोस्रो राउन्डको शीर्ष टोलीले उपाधि पनि जित्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्नेछ । दोस्रो टोलीले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार पाउनेछन् । चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?