+
+

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. बसौलालाई हटाउने मन्त्रिपरिषद्को निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १४:४८

१६ माघ, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउने निर्णय गरेको छ । ९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. बसौलालाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउनका लागि २४ पुसमा हटाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । सोही सिफारिस अनुसार डा. बसौलालाई हटाइएको हो ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी अनुसार डा. बसौलालाई पत्र काटिसकिएको छ । ‘मन्त्रिपरिषद्ले गरेको निर्णय हामीले मान्नौं पर्‍यो । सोमबार नै हामीले पत्र काटिसकेका छौं,’ ती अधिकारीले भने ।

यसअघि मन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ४ असोजको ११ बुँदे स्पष्टीकरण सोधेका थिए । कानुन विपरीत स्पष्टीकरण सोधेको भन्दै चर्को आलोचना भएपछि बस्नेतले मन्त्रिपरिषद्बाट २४ असोजमा स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रिपरिषद्ले डा. बसौलालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । तर मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय विरुद्ध बसौला १७ कात्तिकमा सर्वोच्च अदालतमा गएका थिए ।

५ पुसमा सर्वोच्च अदालतले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तिरिम आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?