+
+

स्वास्थ्यमन्त्री बस्नेतको दबावमा बोर्डका निर्देशकलाई फेरि हटाउन क्याबिनेटमा प्रस्ताव लगियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १८:२९

२५ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउनका लागि मन्त्रिपरिषदमा सिफारिस गरेका छन् ।

मंगलबार मन्त्री बस्नेतले डा. बसौलालाई पदबाट हटाउनका लागि दोस्रो पटक मन्त्रिपरिषदमा सिफारिस गरेको मन्त्रालय निकट स्रोतले जानकारी दियो ।

यसअघि मन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ४ असोजको ११ बुँदे स्पष्टीकरण सोधेका थिए । कानुन विपरीत स्पष्टीकरण सोधेको भन्दै चर्को आलोचना भएपछि बस्नेतले मन्त्रिपरिषद्बाट २४ असोजमा स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रिपरिषद्ले डा. बसौलालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । तर मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय विरुद्ध बसौला १७ कात्तिकमा सर्वोच्च अदालतमा गएका थिए ।

५ पुसमा सर्वोच्च अदालतले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तिरिम आदेश जारी गरेको थियो ।

तर मन्त्री बस्नेतले पुन डा. बसौलालाई हटाउने मनासायले मन्त्रिपरिषदमा प्रस्ताव लगेको मन्त्रालय स्रोत बताउँछ ।

‘मन्त्री बस्नेतले वरिष्ठ अधिवत्ता समेत राख्नुभएको छ । तर मनलाग्दी रुपमा काम गर्नुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कानुनी प्रक्रियामा रहेको यो विषयलाई नचलाउँ भन्दा उहाँको दबावमा मन्त्रालयले प्रस्ताव क्याबिनेट पठाउनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?