+
+

बंगलादेशविरुद्ध कहाँ चुक्यो नेपाल ?

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १७ गते २३:०४

१७ माघ, काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बुधबार बंगलोदशसँग पाँच विकेटले पराजित भयो । जितको लागि १७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका स्पिनर सुवास भण्डारीले पाँच विकेट लिए पनि खेल जिताउन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो ।

नेपालका विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । देव खनालले ६० बलमा ३ चौकासहित ३५ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल यस खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो । त्यसैले टस जितेको खेलमा नेपाल बिना दबाब उत्कृष्ट क्रिकेट खेल्न सक्थ्यो ।

तर नेपालले बंगलादेशविरुद्ध ब्याटिङ र बलिङ दुबैमा धेरै गल्तीहरु गर्न पुग्यो । जसको कारण सहजै खेल हारेको थियो ।

सट बल सामना गर्न सकेन

सट बल नेपाली क्रिकेटमा ठूलो समस्या बन्दै आएको छ । बंगलादेशका बलरले सुरुवात देखी नै नेपाली ब्याटरलाई सट र बाउन्सर बलबाट तर्साएका थिए । जसको दबाबमा सम्हाल्लिन नसक्दा नेपाली ब्याटरले खराब सट खेल्न पुगेका थिए । कुनैपनि ब्याटरले सट बलविरुद्ध राम्रो प्रर्शन गर्न सकेनन् । जसको कारण नेपाल सस्तैमा अल आउट भएको थियो ।

गुल्सनको खराब लय

गुल्सन नेपालबाट २४ ओडीआई र १४ टी–२० आई खेलेका खेलाडी हुन् । पछिल्लो एक वर्षमा उनले भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेका छन् । उनले आजको खेलमा पनि राम्रो गर्न सकेनन् । आजको खेलमा ३ रनमा क्याच आउट भए । यसअघि न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८ र अफगानिस्तानसँग १ विकेट लिए ।

गुल्सन प्रमुख खेलाडी हुँदा ब्याटिङमा एउटा जिम्मेवारी लिँदै ठूलो इनिङ खेल्नुपर्ने थियो । उनी नचल्दा नेपालको मध्यक्रम ब्याटिङ थप कमजोर बन्यो ।

तीव्र गतिका बलरको कमजोर प्रदर्शन

बंगलादेशका तीव्र गतिका बलरले कन्डिसनको भरपूर्ण फाइदा उठाएका थिए । दक्षिण अफ्रिकाको पिच बाउन्स सहयोगी हुँदा तीव्र गतिका बलरको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । दक्षिण अफ्रिकाको कन्डिसनमा नेपाली खेलाडी केही संघर्ष गर्दै आएका छन् ।

नेपालबाट तीव्र गतिका बलर विकेटविहीन बने । नेपालका स्पिनर सुवास भण्डारीले ८ खेलमा ४४ रन खर्चेर ५ विकेट लिए । प्रमुख तीव्र गतिका बलर गुल्सन झाले ४ ओभरमा २९, आकाश चन्दले ३ ओभरमा ४२ र दुर्गेश गुप्ताले ३ ओभरमा ११ रन खर्चिए ।

यदि नेपालले पावर प्लेमा दुई तीन विकेट लिन सकेको भए खेलमा केहि दबाब कायम गर्न सक्थ्यो ।

शीर्ष र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शन

नेपालका शीर्षक्रमका तीन ब्याटर अर्जुन कुमाल १४, विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएका थिए । तर चौथो विकेटका लागि देव र विशालबिक्रम केसीले ६२ रनको साझेदारी गरेपछि नेपाल एक समय ९१–३ को अवस्थामा थियो । जहाँबाट नेपाल राम्रो योगफलमा पुग्न सक्थ्यो ।

तर तल्लोक्रमका गुल्सन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भए । आजको खेलमा शीर्ष र तल्लोक्रमका ब्याटरले कमजोर प्रदर्शन गरे ।

साझेदारीको अभाव

५० ओभरको कुनैपनि खेलमा बलियो योगफलमा पुग्न एउटा ठूलो साझेदारी चाहिन्छ । देव र विशाल बाहेक अन्य कुनैपनि ब्याटरले खेलमा राम्रो साझेदारी गर्न सकेनन् । अन्य जोडीले ३० रन भन्दा माथिको साझेदारी गर्न सकेनन् । त्यसैको कारण नेपाल १६९ रनमै समेटिएको हो ।

नेपालले एकपछि अर्को विकेट गुमायो । जसले खेलाडी थप दबाबमा परे । विपक्षी खेलाडीलाई दबाबमा राख्न राम्रो साझेदारी गर्नुपर्छ । तर नेपालले त्यसविपरीत ब्याटिङ गर्दै बंगलादेशका बलरलाई खेलमा हाबी हुन दियो ।

जिम्मेवारीको कमी

देव खनाल र विशाल बाहेक अन्य कुनैपनि ब्याटरले खेलमा जिम्मेवारी देखाउन सकेनन् । नेपाललाई गुमाउनु केही थिएन । त्यसैले एउटा एन्डबाट जिम्मेवारी लिएर खेल्न आवश्यक थियो । तर खेलाडीहरु जिम्मेवारी र धैर्यता क्रिजमा देखिएन । जसले गर्दा खराब ब्याटिङ गर्न पुग्यो ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?