+
+

योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १२:४०

१८ माघ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजनाम आयोगको सदस्य नियुक्त गरेको हो ।

बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त थरेको छ । यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?