+
+

बागमतीका मुख्यमन्त्रीको प्रश्न : कपडा उद्योग चलाउन कपास र धागो कहाँ छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:३०

१८ माघ हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कपास र धागो उत्पादन नै नथाली हेटौंडा कपडा उद्योग सञ्चालन गर्न खोजेकोप्रति प्रश्न उठाएका छन् ।

हेटौंडा कपडा उद्योगको पुनः सञ्चालनको निर्णय राम्रो भए पनि कपास र धागो कहाँ छ भनेर सोच्नुपर्ने बताएका छन् । बागमती प्रदेशसभाको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले कपास र धागो उत्पादनबारे पहिला नै नसोची सिधै कपडा उद्योग सञ्चालन गर्न खोज्नु ठीक नभएको टिप्पणी गरेका छन् ।

‘कपडा उद्योग चलाउने कुरा सुने, अच्छा एकदम राम्रो कुरा । तर, कपास कहाँ छ ? धागो कहाँ छ ? त्यो सोचौं पहिला’, उनले भने, ‘धागो कहीँ छैन । कपास खेती गर्ने कुरा हामी कोही गर्दैनौं । कसैको मुखबाट आउँदैन ।’

कपडा उद्योग चलाउनुअघि एक हजार जना किसानलाई कपास रोप्न लगाउनुपर्ने मुख्यमन्त्री जम्कट्टेले बताए ।

संघीय सरकारले दुईपटक खारेज गरिसकेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ । २०५७ सालदेखि बन्द अवस्थामा रहेको उद्योग २०६० सालमा खारेजीमा लैजाने मन्त्रिपरिषद्ले निर्णय गरेपछि कपडा उद्योगको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?