+
+

माण्डु हाइड्रोपावरको नाफा ११ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते ८:५१

१९ माघ, काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.७७ प्रतिशत बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा १७ करोड ५ लाख रुपैयाँ कमाएको छ ।

कम्पनीको बिक्री आम्दानी सामान्य घट्दा पनि वित्तीय खर्च नियन्त्रण भएपछि नाफामा वृद्धि देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ करोड ५२ लाख रुपैयाँको बिजुली बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ४३ करोड २७ लाखको बिजुली बेचेको थियो ।

कम्पनीको फाइनान्सियल लागत (खर्च) गत वर्षको दोस्रो त्रैमासमा १५ करोड रहेकोमा अहिले १२ करोडमा झरेको छ । कम्पनीको सेयर पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबर छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७९ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा ६८४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?