+
+

संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्दै सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १३:४९

१९ माघ, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ ।

सभामुखले संसदको अधिवेशन तयारी सम्बन्धमा छलफल गर्न शुक्रबार दिउँसो ४ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुलाई बोलाएका हुन् ।

सभामुखले यसपटकदेखि संसदीय क्यालेन्डर लागू गर्ने तयारी गरेका छन् ।

सचेतक र प्रमुख सचेतकहरुसँग सिंहदरवारमा भेट्नु अगाडि सभामुखले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग पनि भेट्दैछन् । उक्त भेटमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रमुख दलका प्रमुख सचेतक र सचेतक समेत रहनेछन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग संसदको बजेट लगायतका विषयमा छलफल गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?