+
+

संसदीय दलको बैठकमा रविको स्पष्टीकरण : दोषी देखिए सरकारले पक्राउ गरे भो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १७:५०
फाइल तस्वीर

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेका टिका टिप्पणीमाथि छलफल भएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकको छलफलको एजेण्डामा राखिएको विविधि अन्तर्गत सभापति रविमाथि आएका प्रश्नबारेमा छलफल भएको थियो ।

सहकारी प्रकरणमा जोडिएर आएका विषयमा सांसदलाई जवाफ दिएका थिए । सभापति रविको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, ‘सरकारले छानबिन गरिरहेको छ । दोषी देखिने प्रमाण देखिए पक्राउ गरे भयो नि ।’

बैठकमा कर्मचारी संयन्त्रलाई पुनर्गठन गर्नुपर्ने मत पनि आएको छ । निजामति संयन्त्रको पुनर्संरचनाको मुद्दालाई पार्टीले २२ माघ देखि बस्ने संसद बैठकमा उठाउने भएको छ । विषयगत समितिमा कसरी कुरा उठाउने, संसदमा पार्टीले उठाउनुपर्ने सुशासन केन्द्रीत मुद्दा, वातावरणलगायतमा छलफल भएको रास्वपाले जनाएको छ ।

पार्टी सभापति रवि लामिछानेले पठाएको पत्रमा सांसदहरुले धारणा राखेका छन् । सभापति रविले तीनवटा प्रश्न सांसदहरुलाई बैठक अघि नै पठाएका थिए ।

दर्ता भएका ४० विधेयक अन्तर्गत तपाईंको समिति अन्तर्गत के के पर्छन ? बन्ने कानुनमा पार्टीको वाचापत्रका समावेश भएका कुन कुन विषयहरु सम्बोधन गर्न सकिन्छ? र, तपाईंले यो संसद बैठकमा उठाउन चाहेका मुद्दाहरु के के हुनुक्छन्? भनि सभापति रविले लिखित पत्र पठाएका थिए । शुक्रबारको बैठकमा सभापतिले पठाएको तिन प्रश्नका सन्दर्भमा छलफल भएको थियो ।

बैठकले २१ वटा आयोजनाको सूची र दबाब यात्राको अगुवाइ गर्ने नेताको टुंगो लगाएको छ । कार्यदलबाट तयार भएको सूचीलाई संसदीय दलको बैठकले अनुमोदन गरेको हो ।

रास्वपाले २१ माघबाट दबाब यात्रा सुरु गर्दैछ । सभापति रवि लामिछानेले २१ गते दबाब यात्राको उद्धघाटन गर्ने भएका छन् । दबाब यात्राका लागि पहिलो आयोजनामा मेलम्ची खानेपानी आयोजनालाई छनोट गरिएको छ । सिन्धुपाल्चोकममा रहेको आयोजनास्थलदेखि रास्वपाले काठमाडौंसम्मको यात्रा गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?