+
+

ओलीको निर्देशन : कसैले गलत बोले संसदीय रेकर्डबाट हटाउन नलगाउनू

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १७:२८

२१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कसैले असंसदीय शब्द बोलेमा रेकर्डबाट हटाउने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएको बताएका हुन् ।

आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए ।

‘हामीहरुको अक्सर चलन छ– रेकर्डबाट त्यो शब्द हटाइयोस् भन्ने । मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन । त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ । विरोध गर्नुपर्छ त्यसको । तर रेकर्डबाट हटाइयोस् भन्न चाहिँ पर्दैन क्या’ उनले भने ।

एमाले अध्यक्ष ओलीले आफूले गलत बोलेमा भने रेकर्डबाट हटाउन लगाउन पनि एमाले सांसदहरुलाई आग्रह गरे । ‘हामीले गलत बोल्यो, रेकर्डबाट हटाइपाउँ भनेर त्यो रेकर्डबाट हटाए राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?