+
+

ग्रामी अवार्डका तीन विधा जितेलगत्तै र्‍यापर किलर माइक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १७:४०

काठमाडौं । आज बिहान सम्पन्न ग्रामी अवार्डमा र्‍यापका तीन विधा जित्न सफल किलर माइकलाई समारोह स्थल बाहिरबाट प्रहरीले पक्राउ गरेको छ । जितको खुसीमा रमाउन नपाउँदै र्‍यापर माइकलाई प्रहरीले हिरासतमा लिएको हलिउड रिपोर्टरले जनाएको छ ।

तर उनलाई पक्राउ गरिएको कारण चाहिं ग्रामी अवार्डसँग सम्बन्धित कारणले होइन । प्रहरीले उनलाई पक्राउ गरेको पुष्टि गरे पनि थप विवरण भने दिएको छैन । माइकको टिमले पनि यसबारे जानकारी दिएको छैन । झगडा र कुटपिटको कारण उनलाई हिरासतमा लिइएको अनुमान छ ।

४८ वर्षीय माइकलाई उत्कृष्ट र्‍याप प्रदर्शन, र्‍याप गीत र र्‍याप एल्बमका लागि तीनवटा ग्रामी अवार्ड प्रदान गरिएको थियो । उनको पहिलो पुरस्कार ‘वैज्ञानिक र इन्जिनियर्स’को लागि उत्कृष्ट र्‍याप प्रस्तुतिका लागि थियो, जसले उत्कृष्ट र्‍याप गीतको विधा पनि जित्यो । ‘माइकल’ले उत्कृष्ट र्‍याप एल्बम पनि जित्यो । यसअघि सन् २००३ मा ‘द होल वर्ल्ड’का लागि ग्रामी अवार्ड प्राप्त गरेका थिए ।

माइकले स्टेजमा भनेका थिए, ‘एक मात्र चीज जसले तपाईंको उमेरलाई सीमित तुल्याउन सक्छ, त्यो हो– तपाईंको उमेर वा तपाईंको कर्म, जसप्रति इमान्दार नहुनु । २० वर्षको उमेरमा मलाई लागूऔषधको व्यापारी बन्नु राम्रो हुन्छ भन्ने लाग्यो ४० वर्षको उमेरमा म पश्चाताप र मैले गरेको कामसँग बाँच्न थालें । ४५ वर्षको उमेरमा मैले यसको बारेमा र्‍याप गाउन थालें । ४८ वर्षको उमेरमा मैले गरेको कामप्रति सहानुभूति र दयाले भरिपूर्ण मानिसको रूपमा म यहाँ उभिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?