+
+

पाँच वर्षपछि दक्षिण कोरियामा गुञ्जिंदै मंगोलियन हार्ट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १८:२३

काठमाडौं । पाँच वर्षपछि नेपाली लोकपप ब्याण्ड मंगोलियन हार्ट दक्षिण कोरियामा गुञ्जिने भएको छ । दश वर्षपछि गएको अप्रिलमा अष्ट्रेलिया गुञ्जाएको यो ब्याण्डले नेपाली समुदाय बहुल कोरियाली डायस्पोरामा प्रस्तुति दिन लागेको हो ।

आगामी शुक्रबार राजधानी सियोलको छोहरा ओगमास्थित डोंगदे मुनमा कन्सर्ट तय भएको ब्याण्ड व्यवस्थापक तथा गिटारिस्ट बबी लामाले जानकारी दिए । नेपाल-कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने राजु लामा नेतृत्वको ब्याण्डले आफ्ना हिट गीतहरु गुञ्जाउनेछ ।

‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ व्यवस्थापक लामाले बताए ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्याण्डका मुख्य गायक राजु लामासहितका सदस्य चर्चामा आए । लोक, स्लो-रक, पप मेलोडी संगीतका लागि प्रिय यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा, लिड गिटारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘म माया लाउँदिन’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका रुचाइएका गीत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?