+
+

इंग्ल्यान्डमाथि भारतको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १९:२६

एजेन्सी । घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १०६ रनको सहज जित हात पारेको छ । योसँगै पाँच टेस्ट खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको लागि ३९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा २९२ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर ज्याक क्रलीले १३२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बेन स्टोक्स ११, जोनी बेयरस्टो २६, जो रुट १६, बेन फोक्स र टम हार्टलीले ३६–३६ रन बनाए । भारतको जितमा जस्प्रित बुमराह र रविचन्द्रन आश्विनले ३–३ विकेट लिए ।

भारत दोस्रो इनिङमा २५५ रनमा अल आउट भएको थियो । भारत पहिलो इनिङमा १४३ रनले अघि हुँदा समग्रमा ३९९ रनको लक्ष्य दिएको थियो । भारतका ओपनर शुभमन गिलले १४७ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक १०४ रन बनाए । इंग्ल्यान्डका टम हार्टलीले ४ र रेहान अहमदले ३ विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा २५३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओपनर ज्याक क्रलीले ७६ र बेन स्टोक्सले ४७ रन बनाए । भारतका जस्प्रित बुमराहले ६ र कुलदीप यादवले ३ विकेट लिए ।

भारत पहिलो इनिङमा ३९६ रनमा अल आउट भएको थियो । भारतका ओपनर यशस्वी जैसवालले २९० बलमा १९ चौका र ७ छक्कासहित सर्वाधिक २०९ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

इंग्ल्यान्डका जेम्श एन्डरसन, सोएब बसिर र रेहान अहमदले ३–३ विकेट लिए । पहिलो टेस्टमा इंग्ल्यान्ड २८ रनले विजयी भएको थियो । तेस्रो टेस्ट १५ फेब्रअरी देखी सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?