+
+

हिमालयन लघुवित्तको नाफा ६० प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते ८:५९

२३ माघ, काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६० प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा जम्मा ५२ लाख ५८ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ३३ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन खर्च बढ्दा नाफामा असर परेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ । गत वर्षको यस अवधिमा खुद ब्याज आम्दानी १० करोड ५५ लाख रुपैयाँ थियो ।

कम्पनीको निष्क्रिय कर्जा बढेको छ । पुस मसान्तसम्म प्रवाह भएको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.५९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा २.९३ प्रतिशत थियो ।

कम्पनीको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) गत वर्षको दोस्रो त्रैमासमा १ करोड ३५ लाख रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ७८ लाख ३१ हजार रुपैयाँ छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ २९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?