+
+

सेयर बजारको अंकसँगै कारोबार रकम बढ्यो

सोमबार १० प्रतिशत बढेको टेलिकमको मूल्य मंगलबार ५ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १५:१६

२३ माघ, काठमाडौं । मंगलबार सेयर बजार ९.४४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।

अघिल्लो दिन २ अर्ब ४३ करोडको कारोबार भएकोमा यस दिन २ अर्ब ५९ करोडको कारोबार भयो । १८१ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ९ को स्थिर रह्यो । उत्पादन र निर्जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशत बढे ।

बैंकिङ २, विकास बैंक ३४, फाइनान्स ५, होटल तथा पर्यटन ४०, हाइड्रोपावर २०, जीवनबीमा ७९, उत्पादन ६२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११४ अंक बढे । अन्य १० र ब्यापार समूह १५ अंक घटे ।

समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.४, युनाइटेड अजोडको ७.४, दोर्दीखोलाको ६.९, युनियन हाइड्रोपावरको ५.७, कर्णाली विकास बैंकको ५.६, त्रिशुली जलविद्युतको ४.९ प्रतिशत मूल्य बढ्यो ।

सामलिङ पावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै हिजो १० प्रतिशत मूल्य बढेको नेपाल टेलिकमको मूल्य भने ५ प्रतिशत घटेर प्रतिकित्ता ९०३ रुपैयाँ कायम भयाे । अघिल्लो दिन ९५१ रुपैयाँ ५० पैसा पुगेको थियो ।

मिडसोलु हाइड्रोपावरको मूल्य २ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, माउन्टेन इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?