+
+

सेयर बजारले २ हजार अंक नाघ्यो

विकास बैंकमा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १५:१८

१८ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारले २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च दरले बढेको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो ।

कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । यस दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । विकास बैंक समूह ४.९ प्रतिशत बढ्यो ।

त्यस्तै बैंकिङ १.१, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.६२, लगानी १.१३, जीवन बीमा ०.९६, उत्पादन ०.३६, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा २.३९, अन्य ०.३०, ब्यापार ०.७५ प्रतिशत बढे । फाइनान्स समूह भने १.१८ प्रतिशत घट्यो ।

धेरै मूल्य बढ्ने कम्पनीमा पनि विकास बैंकहरु अगाडि देखिए । कर्पोरेट डेभलपमेन्ट बैंक र इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । ग्रीन डेभलपमेन्ट बैंकको ८.२, बोटलर्स नेपाल बालाजुको ७.६, साइन रेसुङ्गाको ७.२, पिपुल्स पावरको ६.३, आरएसडीसी लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो ।

पोखरा फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.६, बोटलर्स नेपाल बालाजुको ५.७, गोर्खाज फाइनान्सको ४.६ र प्रोग्रेसिभ फाइनान्सको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, कामना सेवा विकास बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?