+
+

सेयर बजार घट्दा कारोबार रकम २६ प्रतिशत बढ्यो

फाइनान्स र माइक्रोफाइनान्समा २ प्रतिशतको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १५:२२

६ चैत, काठमाडौं । मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंक (०.३ प्रतिशत) घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ । अघिल्लो दिन २ अर्ब ८८ करोडको कारोबार भएकोमा मंगलबार २६ प्रतिशत धेरै अर्थात ३ अर्ब ६३ करोडको भयो ।

१०४ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स र माइक्रोफाइनान्स भने २ प्रतिशत बढ्यो भने उत्पादन समूह सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो । बैंकिङ ८, विकास बैंक ३०, होटल तथा पर्यटन ३१, हाइड्रोपावर १२, उत्पादन ९५, निर्जीवन बीमा ३३, अन्य ११ र ब्यापार समूह ३७ अंक घटे । माइक्रोफाइनान्स ७९, जीवन बीमा ७ र फाइनान्स ४० अंक बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । आजबाट सूचीकृत भएको सर्वोत्तम सिमेन्टको मूल्य प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।

इनिफिनिटी लघुवित्तको ९.४, भगवती हाइड्रोपावर ९.२, युनिक नेपाल लघुवित्तको मूल्य ९ प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ६.९, मैलुङखोला जलविद्युतको ४.५, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ३.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, गोर्खाज फाइनान्स घोराही सिमेन्ट र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?