+
+

४ दिनपछि बढ्यो सेयर बजार, कारोबार घट्यो

उत्पादन समूह सबैभन्दा धेरै २.११ प्रतिशत बढ्दा हाइड्रोपावर समूह १.५८ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १५:१२

१३ चैत, काठमाडौं । अघिल्ला ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा मंगलबार केही सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २०४१ अंकमा कायम भएको छ । अंक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब ४८ करोडको कारोबार भएकोमा आज २ अर्ब ३५ करोडमा खुम्चियो ।

कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो । समूहगत रुपमा हेर्दा उत्पादन सबैभन्दा धेरै २.११ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर समूह १.५८ प्रतिशत बढ्यो । बैंकिङ ०.४९, विकास बैंक २०, होटल तथा पर्यटन २४, हाइड्रोपावर ३९, उत्पादन १४५, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २ र अन्य समूह १.९ अंक बढे । ब्यापार ४, जीवन बीमा १९ र फाइनान्स समूह भने १ अंक घटे ।

दोल्ती पावर र सर्वोत्तम सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । पाँचौं कारोबार दिनसम्म आउँदा सर्वोत्तमको मूल्य प्रतिकित्ता ८९५ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९.४, पिपुल्स पावरको ७.७, थ्रीस्टार हाइड्रोको मूल्य ६.७ प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९.३, भगवती हाइड्रोपावरको ४.७, मानुषी लघुवित्तको ३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, जोशी हाइड्रोपार, गोर्खाज फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?