+
+

हाइड्रोपावरबाहेक सबै समूहका सूचक बढे, माइक्रोफाइनान्समा ४ प्रतिशतको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १५:१६

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १.०८ प्रतिशत बढेको छ । २२.१० अंकले नेप्से बढेपछि २०५२ अंकमा पुगेको छ । कुल २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भयो । १९४ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने ४ को स्थिर रह्यो ।

हाइड्रोपावरबाहेकका सबै समूह बढेका छन् । सो समूह भने ०.१२ प्रतिशत घट्यो । आइतबार माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहको सूचक ४.२१ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७४, विकास बैंक १.०८, फाइनान्स १.४०, होटल तथा पर्यटन १.१२, लगानी १.२६, जीवन बीमा १.८४, उत्पादन ०.९१, निर्जीवन बीमा १.३४, अन्य ०.२८ र ब्यापार समूह ०.६५ प्रतिशत बढे ।

धेरै मूल्य बढेका कम्पनीमा पनि माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माहुलीको ८.७, सपोर्टको ८.७, उन्नती सहकार्यको ७.९, धौलागिरि लघुवित्तको ७.७, किसान लघुवित्तको ६.७ तथा सबैको लघुवित्तको ६.२ प्रतिशत मूल्य बढ्यो ।

चिरख्वा हाइड्रोपावरको ७ प्रतिशत मूल्य घट्यो । पिपुल्स पावरको ६.९५, जोशी हाइड्रोपावरको ५.७, मध्यभोटेकोशीको ३.३४, मोलुङ र बलेफी हाइड्रोको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, जोशी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?