+
+

कोशी र मधेश प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:२१
फाइल तस्वीर

२५ माघ, काठमाडौं । कोशी र मधेश प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेश प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो ।

सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ ।
सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।

यस्ता सवारी साधनका धनीले तोकिएको मिति अगाडि नै इम्बोस्ड नम्बर लगाउन चाहेमा भने यातायात कार्यालयले त्यसको अनुमति दिन सक्ने समेत मन्त्रालयले जनाएको छ ।

नम्बरमा प्रदेशको नाम राख्नु पर्ने र यसअघि कोशी र मधेश प्रदेशको नामाकरण नहुँदा सुरुवातमा दुई प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?