+
+

‘प्रथम अक्षरा अन्तरविद्यालय बास्केटबल कप’मा भ्याली पब्लिक स्कुल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १४:३४

काठमाडौं । भ्याली पब्लिक स्कुल ‘प्रथम अक्षरा अन्तर विद्यालय बास्केटबल प्रतियोगिता’मा विजयी भएको छ । शहीद दिवसको अवसर पारेर माघ १६ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न विद्यालयका सिनियर ब्वाइजमा १६, सिनियर गर्ल्समा १६ र मिक्स जुनियरतर्फ १२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

बिहीबार भएको फाइनलमा भ्याली पब्लिकले सिनियर ब्वाइज, सिनियर गर्ल्स र मिक्स जुनियर तीनवटै विधामा जित हासिल गरेको हो ।

फाइनल खेलमध्ये सिनियर ब्वाइजमा अक्षरिका स्कुल र भ्याली पब्लिकको भिडन्त भएको थियो । जसमा भ्याली ६५ स्कोर जोड्दै प्रथम भयो भने ६४ स्कोरसहित अक्षरिका दोस्रो स्थानमा समेटिन पुग्यो । त्यस्तै गेटवे स्कुल तेस्रो स्थान ओगट्न सफल भयो । सिनियर ब्वाइजमा भ्यालीका सुनिल पौडेल ३६ स्कोर जोड्दै म्यान अफ दी म्याचको उपाधि पाउन सफल भए ।

सिनियर गर्ल्समा नेमोनिक स्कुलसँग भिडेको भ्यालीले १५ का विरुद्ध ५० स्कोर गर्‍यो । भ्यालीकी एन्जल गुप्ता सर्वाधिक १० स्कोर गर्दै म्यान अफ दी म्याच घोषित भइन् । सिनियर गर्ल्समा बौद्ध इन्टरनेसनलले तेस्रो स्थान ओगट्न सफल भयो ।

जुनियर मिक्समा आलोक स्कुल र भ्याली पब्लिकबीच प्रतिस्पर्धा भएको थियो । जसमा भ्यालीले आलोकलाई ३८–१० ले पछि पार्दै बाजी मार्न सफल भयो । भ्यालीका विशाल परियार सर्वाधिक २० अंक जोड्दै म्यान अफ दी म्याच घोषित भए । जुनियर मिक्समा विद्या विकास स्कुलले तेस्रो स्थान प्राप्त गर्‍यो ।

प्रतियोगितामा सबैभन्दा मूल्यवान् खेलाडी घोषणा गरिएको थियो । जसमा सिनियर ब्वाइजतर्फ भ्यालीका सुनिल पौडेल, सिनियर गर्ल्सतर्फ भ्यालीकै अनिता गुरुङ जुनियर मिक्सतर्फ भ्यालीकै विशाल परियारलाई सो विधामा ट्रफी वितरण गरिएको थियो । त्यस्तै सिनियर ब्वाइजमा सर्वाधिक स्कोर गर्नेमा अक्षरिकाका आर्यन श्रेष्ठ, सिनियर गर्ल्स नेमोनिककी शान्ति तामाङ र आलोक स्कुलका सार्थक सिग्देल रहेका थिए । उदयीमान खेलाडी विधातर्फ सिनियर ब्वाइजमा गेटवेका सन्दीप सिवाकोटी, सिनियर गर्ल्समा बौद्ध इन्टरनेसनल स्कुलकी डोमा शेर्पा र जुनियर मिक्समा अक्षरा स्कुलका रुविन महत घोषित भए ।

प्याब्सन केन्द्रीय कमिटी उपाध्यक्ष कृष्ण अधिकारी र डा. राजु अधिकारी, अक्षरा स्कुलकी संस्थापक निर्देशक अञ्जु भट्टराईलगायतले विजेता खेलाडीलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?