+
+

जंगली जनावरबाट हुने क्षति घटाउन भरतपुरमा मेसजाली निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १६:५२

२६, माघ, चितवन । बन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई कम गर्न चितवनको भरतपुर महानगरपालिकाले मध्यवर्ती क्षेत्रमा मेसजाली अर्थात पर्खालसहितको तारबार लगाउन सुरु गरेको छ ।

महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा नं. २३, २४, २७ र २८ का मेस जाली निर्माणको काम थालेको हो ।

वन्यजन्तु बढि प्रवेश गर्ने क्षेत्रको पहिचान गरी पहिलो चरणमा ३ किलोमिटरमा मेसजाली लगाउन थालिएको महानगरले जनाएको छ ।

महानगर प्रमुख रेनु दाहालले मेसजाली निर्माणको शुभारम्भ गर्दै वस्तीमा हुने मानवीय क्षति र अन्नपातको क्षतिलाई कम गराउन मेसजाली महत्वपूर्ण हुने बताइन् ।

उनले संघ र महानगरको २÷२ करोड गरी ४ करोड रुपैयाँको परियोजना अन्तर्गत पहिलो चरणमा २ करोड ७९ लाखको काम सुरु भएको बताइन् । उनले छुटेको ठाउँमा सर्वे गरेर नयाँ टेण्डर गरिने बताइन् । मानव र बन्यजन्तु बीचको द्वन्द्वलाई कम गराउन मेसजालीले सहयोग पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताइन् । सबैभन्दा बढि जोखिम भएका र मानवीय क्षतिसमेत भैरहका वडाबाट महानगरले मेसजालीको काम थालेको हो ।

वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भए पनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरु समधान भएर जाने विश्वास महानगरले लिएको नगर प्रमुख दाहालको भनाइ छ ।

मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार ४७ रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

गोले सनसाइन जेभी सुकेधारा काठमाडौंले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का लिएको हो । पश्चिम चितवनका तटिय क्षेत्रसँग जोडिएको वस्तीमा हात्ती, गैँडा, बदेललगायतका जनवारले वर्षेनी जनधनको क्षति पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?