+
+

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १३:२१

२८ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ ।

महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आज सामाजिक सन्जालमा जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ लेखेका छन् । फोटो हेर्दा बाटो किनारमा जिप पल्टिएको देखिन्छ ।

जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए ।

‘महासचिव ज्यूलाई केही भएको छैन,’ डिएसपी लम्सालले भने, ‘उहाँ चढेको गाडी बाटैमा पल्टिएपछि अर्को गाडी चढेर कार्यक्रममा सहभागी हुनुभएको थियो ।’ सोही जिपमा सवार एक जना सामान्य घाइते भएको र उनको हातमा चोट लागेको डिएसपी मल्लले बताए ।

महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट गाडी चढेर दैलेख जाँदै गर्दा दुर्घटनामा परेका थिए । जिप चालकले ब्रेक फेल भएर गाडी पल्टिएको बताएको डिएसपी लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?